जेठ २१,२०७७ काठमाण्डौ : कोरोना भाइरस संक्रमणका कारण दोलखाका ७६ बर्षिय बृद्धको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ ।
उपचारका लागि काठमाणडौ मेडिकल कलेज सिनामंगलमा भर्ना भएका उनको जेठ १५ गते लिइएको स्वाब परीक्षणमा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण भएपछि उनलाई त्रिबी शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार गरिएको र उनको अस्पतालमै ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता बिकास देबकोटाले जानकारी दिए ।
नेपालमा पहिलो पटक सिन्धुपाल्चोककी २९ बर्षिय महिलाको जेठ १ गते ज्यान गुमाएकी थिइन् ।