सुदूरपश्चिममा थपिए पाँच कोरोना संक्रमित

0
286

जेठ २१ ,२०७७ डडेल्धुराः सुदूरपश्चिममा आज ५ जना कोरोना संक्रमित थपिएका छन् ।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा कोरोना जाँच्दा थप पाँच जनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ।
धनगढीमा गरिएको परीक्षणमा कैलालीका तीन र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार धनगढी उप–महानगरपालिका ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
डोटीका पूर्वीचौकी ४ का २३ वर्षीय र पूर्वीचौकी ७ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
यसअघि सुदूरपश्चिममा मंगलबार एकै दिन थप २७ जनामा कोरोना पुष्टि भएको थियो।
यहाँका एकजना संक्रमितको मृत्यु भइसकेको छ भने ७ जना प्रदेशभित्रबाटै निको भएर घर फर्किसकेका छन्।

SHARE