
जेठ २१,२०७७ डडेल्धुरा : डडेल्धुराको क्वरेन्टाइनमा बसेकी एक महिलाको ज्यान गएको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिका २ की ३० वर्षीया महिलाको ज्यान गएको हो ।
राति शौचालय गएकी महिला बेहोस भएको र लगत्तै ज्यान गएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षण धनबहादुर विष्टले जानकारी दिए।
उनका अनुसार चार दिन अघि भारतबाट आएकी महिला श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका १ ले निमार्ण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसिरहेकी थिइन्।
उनको स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए।






