आजमात्रै थपिए २८८ जना कोरोना संक्रमित

0
363

जेठ २०,२०७७ काठमाण्डौ  : आज एकैदिन नेपालमा २८८ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
देशका बिभन्न स्थानमा गरि २८८ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता बिकास देबकोटाले जानकारी दिए ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
देशका ६१ जिल्लामा कोरोना संक्रमण पुगेको मन्त्रालयले जनाएको छ ।
आज थपिएका संक्रमितहरुको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

SHARE