अछाममा नौ जना संक्रमित थपिए

0
262

जेठ २०,२०७७ अछाम  :  अछाममा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन । ९ जना नयाँ कोरोना संक्रमित भेटिएसंगै अछाममा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।
जिल्लाको मेल्लेख गाउँपालिकाका ८ जना र मंगलसेन नगरपालिकाका १ जनामा कोरोना संक्रमण भेटिएको हो ।
सुर्खेत प्रयोगशालामा पिसिआर जाँचका क्रममा नयाँ ९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिए ।
यस अघि सोमवार चौरपाटि गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण भेटिएको थियो ।

SHARE