गुल्मीमा कोरोना जितेका ब्याक्ति भन्छन : कोरोनाको औषधी सान्त्वना र आत्मबल

0
1065

तिलाचन पाण्डे

जेठ १९,२०७७ गुल्मी :गुल्मीमा कोरोना जितेर घरफर्किन लागेका मदाने गाउँपालिकामा रहेको कृर्षि बिकास बैकंका ३१ बर्षका कर्मचारीले कोरोनालाई सहजै रुपमा जितेको बताएका छन् ।
मदाने गाउँपालिका ६ पुर्कोटदहका कोरोना संक्रमित ४१ बर्षिय मृतक शिक्षकको सम्पर्कमा आएका उनको प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जेठ १० गते संक्रमण पुष्टि भएको थियो । उनले १० दिनमै कोरोना जितेर घर फर्किएका हन् । उनको सदरमुकाम तम्घासमा रहेको आइसुलेसनमा राखेर उपचार गरिएको थियो ।
कोरोना भन्दा रुघाखोकी जटिल लाग्यो
डिस्चार्ज हुने समयमा उनले कोरोना भन्दा आफूलाई रुघाखोकी जटिल लागेको बताएका छन् ।
रुघाखोकी लाग्दा धेरै समस्या आउने गर्दथ्यो , खोकी लाग्ने , घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्तो हुन्थ्यो तर कोरोना संक्रमण हुँदा आफूलाई केही समस्या नभएको उनले बताए ।
उनले आफूलाई कोरोना लागे जस्तो केही अनुभूती नभएको भन्दै कोरोनालाई आत्मबल बलियो बनाए सहजै जित्न सकिने बताए ।
सबैभन्दा ठुलो औषधी सान्त्वना
आफू १० सम्म आइसुलेसनमा बस्दा आफना आफन्ती , बैंकका कर्मचारी , सिइओे , संघ ,संगठनका साथीहरुले फोन मार्फत धेरै सान्त्वना दिएकाले आफूलाई यो ठुलो औषधी भएको बताएका छन् ।
यस अबधिमा आफूले कबिता रचना गर्ने , ब्यायम गर्ने र आफूलाई ब्यबस्त बनाई तनाब नलिएकाले पनि आफूले सहजै कोरोना जितेको दाबी गरे ।
आफूलाई कोरोनाको कुनै लक्षण पनि देखा नपरेकाले कोरोना संक्रमण भएजस्तो नलागेको बताएका छन् । उनले कोरोनालाई धेरै ठुलो रोगका रुपमा नलिन सामान्य रुपमा लिन आग्रह गरेका छन् । कोरोनालाई बाहिर धेरै हल्लाको रुपमा फैलाएको जस्तो आफूलाई लागेको बताए । उनले यस अबधिमा उपचारमा खटने स्वास्थ्य कर्मीहरुलाई धन्यबाद समेत दिएका छन् ।
यस बिचमा उनको प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणम दुबै पटक पिसिआर परीक्षणमा रिर्पोट नेगेटिभ आएकाले उनलाई डिस्चार्ज गरिएको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए ।


गुल्मीबासी खुसी छौ : प्रजिअ
कोरोना जितेर सकुशल घर फर्काउन पाउँदा जिल्लानै खुसी भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
कोरोना जितेर घर फर्किन लागेकालाई आइसुलेसनबाट बिदाई गर्दै उनले उपचारमा खटिएका स्वास्थ्य कर्मीहरुमा समेत थप उर्जा मिलेको बताए । उनले आफनो स्वास्थ्यको प्रवाह नगरि उपचारमा खटिएका स्वास्थ्य कर्मीहरुलाई धन्यबाद ब्यक्त गरे ।
उनलाई डिस्चार्ज गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा , सुरक्षा निकायका प्रमुखहरु , रेसुंगा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नारायण बराल , गुल्मी अस्पतालका डाक्टर उत्तम पच्या , रेसुंगा नगगपालिकाका स्वास्थ्य संयोजक बोम अर्याल लगायतको उपस्थिती रहेको थियो ।

 

SHARE