दुर्घटनमा मृत्यु भएकाहरुको स्वाब संकलन गरिदैँ

0
273

जेठ १९,२०७७ बाँके  : नेपालगजंबाट सल्यान तर्फ जाँदै गरेको सवारी दुर्घटनामा परी मृत्यु भएकाहरुको स्वाब संकलन सुरु गरिएको छ ।
मृतकहरुको शबलाई भेरी अस्पतालमा ल्याई उनीहरुको स्वाब संकलन सुरु गरिएको अस्पतालका डाक्टर प्रकाशबहादुर थापाले जानकारी दिए ।
उनीहरुको कोरोना परीक्षण रिर्पोट आएपछि मात्र शब आफन्तलाई बुझाइने अस्पताले जनाएको छ ।
गएराती ना ५ ख ५९९५ नं हाइस कोहलपुर लमही सडकखण्ड अन्र्तगत ठुले जगंलमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र बाँकी १ जनाको उपचारको क्रममा ज्यान गएको थियो ।
भारतबाट आएकाहरुलाई लिएर नेपालगंजबाट सल्यान तर्फ जाँदै गरेको हाइस दुर्घटनामा परेको प्रहरीचौकी समशेरगंजका प्रहरी इन्चार्ज प्रहरी साहायक निरीक्षक कुमार केशीले जानकारी दिए ।

मृतकहरुको पहिचान खुल्न बाँकी रहेको छ ।

SHARE