आइतबार थपिए १६६ जना कोरोना संक्रमित

0
338

जेठ १८,२०७७ काठमाणडौ : नेपालमा आज आइतबार १६६जना कोरोना संक्रमितहरु फेला परेका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए ।
आज थपिएका संक्रमितहरु मध्ये १६२ जना पुरुष र ४ जना महिला रहेका छन् ।
देशका बिभिन्न स्थानहरुमा गरिएको परीक्षणमा १६६ जना संक्रमित फेला परेका हुन् ।
उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

SHARE