ज्वरो जाँच नगरेरै घर पठाईयो

0
377

जेठ १८,२०७७ :कोरोना संक्रमणको जोखिम बढिरहेका बेला अछामको पन्चदेवल बिनायक नगरपालिकाले काठमाडौबाट फर्किएकाहरुलाई ज्वरो समेत जाँच नगरेर घर पठाएको छ ।
विभिन्न कामको सिलसिलामा काठमाडौ रहेकाहरु आईतवार बिहान घर फर्किएका हुन ।
दुई वटा बस रिजर्ब गरेर आएका उनिहरुलाई बिध्यामन्दिर माबीको प्राङ्गणबाट होम क्वारेन्टिनमा बस्ने भन्दै घर पठाईएको हो ।
जिल्लाको विभिन्न ठाउका ७८ जना आईतबार बिनायक पुगेका हुन । घर पठाउदा आफुहरुको चेकजाँच गरिदिनुपर्ने माग राखेका थिए ।
तर नगरले उनिहरुलाई १४ दिनमा जाँच गर्ने भन्दै घर पठाएको हो । उनिहरुलाई घरमै अलग्गै बस्ने सहमती पत्रमा हस्ताक्षर गराएर पठाईएको थियो ।
नगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम माझिको रोहबरमा उनिहरुलाई पठाईएको हो । यस बिषयमा नगरको कार्यपालिका बैठकमा कुनै छलफल नभएको उप प्रमुख अम्बिका चलाउनेको भनाई छ ।
उनले सबैले घरमा सुरक्षित बस्ने कार्य राम्रो रहेको तर उनिहरुलाई चेकजाँच गरेर पठाउदा राम्रो हुने धारणा राखेकि छन ।
प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले होम करेन्टिनमा बस्ने बिषयमा स्थानीय तहले नै भुमिका निर्वाह गर्नुपर्ने बताए ।

SHARE