आइसोलेसनमा ज्यान गुमाएकी बालिकामा कोरोना पुष्टि, आमामा पनि संक्रमण

0
348

जेठ १८,२०७७ डडेल्धुराः जिल्ला अस्पाताल बाजुराको आइसोलेसनमा ज्यान गुमाएकी बालिकामा कोरोना पुष्टि भएको छ।
अस्पतालको आइसोलेसन वार्डमा उपचाररत बूढीगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको आइतबार बिहान जयान गएको थियो।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणामा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयल डोटीका निर्देशक गुणराज अवस्थीले पुष्टि गरे।
पुष्टि भएसँग सुदूरपश्चिममा कोरोना भाइरसबाट यो पहिलो केश हो।
बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। बुवाको रिपोट भने नेगेटिभ आएको छ।
मृतक बालिकासहित आमाबुबालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो। जेठ १६ गते तीनै जनाको स्वाब धनगढी पठाइएको थियो।

SHARE