आइसुलेसनमा रहेकी बालिकाको ज्यान गयो

0
420

जेठ १८,२०७७  :बाजुराको जिल्ला अस्पतालको आइसुलेसनमा रहेकी एक बालिकाको ज्यान गएको छ ।
उनी बुढीगंगा नगरपालिका एक की २ बर्षकी बालिका रहेको अस्पतालले जनाएको छ ।
बालिकाको आज बिहान २ बजेतिर ज्यान गएको जिल्ला अस्पतालका डाक्टर रुपचन्द्र बिश्वकर्माले जानकारी दिए ।
उनका बाबुआमालाई पनि अस्पतालको आइसुलेसनमा राखिएको छ ।

उनीहरु भारतबाट आएको स्रोतले जनाएको छ ।उनलाई झाडापखला , उच्च ज्वरो , श्वासप्रश्वासमा समस्या देखिएपछि क्वारेन्टाइनबाट अस्पतालको आइसुलेसनमा ल्याइएको थियो ।
उनीसहित आमाबाबुको स्वाव संकलन गरि परीक्षणका लागि धनगडी पठाइएको र रिर्पोट आउन बाँकी रहेको स्रोतले जनाएको छ ।

SHARE