
जेठ १८,२०७७ एजेन्सी :चीनले कोरोना भाइरस बिरुद्धको खोप यस बर्षको अन्त्य सम्ममा तयार गर्ने दाबी गरेको छ ।
बिश्वभरमा कोरोना बिरुद्धको खोप कसले निर्माण गर्ने भन्ने बारेमा रस्साकस्सी चलिरहेका बेला चीनले यस बर्षको अन्त्यसम्ममा खोप तयार गर्ने जनाएको छ ।
चीन सरकारद्धारा सम्बन्धन प्राप्त दुई वटा कम्पनीहरु मिलेर बनाइएको खोप सन २०२० को अन्त्य सम्ममा प्रयोगमा आउन सक्ने उसले दाबी गरेको छ ।

