लकडाउन जेठ ३२ सम्म , अलपत्र बिदेशका नेपाली ल्याउने बाटो खुल्यो

0
448
Cabinet Meeting_2076-12-16

जेठ १७,२०७७ काठमाणडौ ः  सरकारले लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउनलाई जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । यस्तै आन्तरिक तथा बाहय उडान असार १६ गतेसम्मका लागि बन्द गर्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ ।
आजको मन्त्रिपरिषद बैठककले बिदेशमा अलपत्र परेका नेपालीलाई ल्याउने कार्यबिधि समेत पारित गरेको छ । यो संगै बिदेशबाट उद्धार गर्ने बाटो समेत खुलेको छ ।
बिदेशबाट आउने नेपालीहरु नेपाल आएर १४ दिन काठमाण्डौको होटलमा क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

SHARE