तिलाचन पाण्डे
जेठ १७,२०७७ गुल्मी – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख ३० गते सबै स्थानीय तहमा सिआइ सिटीटी गठन गर्नका लागि निर्देशिका जारी गरेको छ ।
मन्त्रालयको आपतकालिन योजनाले संकास्पद ,संभाबित र पुष्टि भएका बिरामीहरुको केश अनुसन्धान र निजका कन्ट्याकमा आएका ब्याक्तिहरुको खोज पडताल गर्न हरेक स्थानीय तहहरुमा प्राबिधिक जनशक्ति रहेको टिम गठन गरि परिचालित गर्ने निर्णय भयो ।
तर गुल्मी २ वटा नगरपालिका र १० वटा गाउँपालिका भएको जिल्लामा भने गाउँपालिकाका स्वास्थ्य संयोजकहरुको नेतृत्वमा छत्रकोट गाउँपालिका र मदाने गाउँपालिकामा बाहेक अन्यले हालसम्म गठन नै गरेका छैनन ।
मदाने गाउँपालिकामा तीर्थराज पन्थीको संयोजकत्वमा र छत्रकोट गाउँपालिकामा पुन्य प्रसाद पौडेलको संयोजकत्वमा गठन भएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृतहरुले जानकारी दिएका छन् ।
निर्देशिका अनुसार गाउँपालिकामा एकटा टीम , नगरपालिकामा २ वटा टीम , उपमाहानगरपालिकामा ३ वटा टीम , महानगरपालिकामा ५ वटा टीम गठन गरि परिचालन गर्ने उल्लेख गरिएको छ ।
गुल्मीका २ नगरपालिकाहरुले गठनको प्रक्रियामा रहेका जनाएका छन । मुसिकोट नगरपालिकाले भने भोली आइतबार गठन गर्ने प्रक्रियामा रहेको स्वास्थ्य शाखाका प्रमुख डिबी जिशीले जानकारी दिए ।
अन्य स्थानीय तहहरुले भने गठन प्रक्रियामा त्यती रुचि देखाउको पाइएको छैन उनीहरुले कहि स्वास्थ्य अधिकृत नभएको र कही केही नभएको भन्दै बाहाना बाजी गरिरेका छन् ।
टीमका प्रमुख कामहरु केके हुन त ?
यसरी स्थानीय तहमा गठन गरिएका टीमहरुका मुख्य कामहरु केश अनुसन्धान गर्ने , कन्ट्याकमा आएका ब्याक्तिहरुको पहिचान गर्ने , सामान्य परामर्श तथा फलोअप तथा रेफर गर्ने , नमूना संकलन तथा दु्रत परीक्षण गर्ने , सुपरीबेक्षण तथा अनुगमन गर्ने ,तथ्यांक संकलन प्रबिष्टी बिश्लेषण तथा प्रतिबेदन तयार ,संचार समन्वय र सहकार्य ,स्थानीय तहमा संचालित स्वास्थ्य सेवाहरुमा आवश्यक प्राबिधिक सहयोग ,अन्य सरुवा रोगहरुको प्रकोप ब्यबस्थापन गर्ने कार्यहरु रहेका छन् ।
निर्देशिकामा स्थानीय सरकार , प्रदेश सरकार र आर्थिक ब्यबस्थापन लगायत उल्लेख गरिएको छ ।
के छ गठन प्रक्रिया ?
प्रत्येक स्थानीय तहमा गठन हुने टीममा जनस्वास्थ्य अधिकृत (कम्तिमां जनस्वास्थ्यमा स्नातक गरेको ) एक जना , ल्याव असिस्टेन्ट र एक जना नर्स रहेको निर्देशिकामा उल्लेख गरिएको छ ।
मन्त्रालयले तोकेअनुसारको म्यानपावरनै छैन ः स्वास्थ्य कार्यलय
यता जिल्ला स्वास्थ्य कार्यलय गुल्मीले मन्त्रालयले तयार गरेको निर्देशिका अनुसार स्थानीय तहमा म्यानपावर नभएको जनाएको छ ।
स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माका अनुसार जनस्वास्थ्यमा स्नातक गरेको ब्याक्ति जिल्लाका स्थानीय तहमा नभएको दाबी गरे । जिल्लामा सबै अहेब रहेको भन्दै स्थानीय तहमा रहेका स्वास्थ्य संयोजकहरुको संयोजनमा गठन गर्न लागेको उनले बताए ।
जिल्लामा रहेका ल्याब टेक्निसियन तथा असिस्टेण्टहरुलाई तालिम दिए पनि उनीहरुको कुनै अर्थ नरहेको उनले दाबी गरे ।
उनीसंग टेलिफोन सम्पर्क गर्दा आफू अहिले जिल्लाको दुर्गम गाउँपालिका कालीगण्डकीमा गाउँपालिकाका अध्यक्ष र क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलनका लागि गएको बताए ।
स्थानीय तहहरुमा नभए प्रदेश मार्फत केन्द्रमा माग गर्नु ः प्रबक्ता देबकोटा
स्थानीय तहहरुमा जनस्वास्थ्यमा स्नातक गरेको जनशक्ति नभए प्रदेश मार्फत संघमा माग गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर बिकास देबकोटाले जानकारी दिए ।
स्थानीय तहहरुले आफै भर्ना गरेर पनि राख्न सक्ने र यदि नभए प्रदेश मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गर्ने र सोही अनुसारको जनशक्ति उपलब्ध गराइने देवकोटाले दाबी गरे ।