शनिबार एकै दिन थपिए १ सय ८९ जना कोरोना संक्रमित

0
476

जेठ १७,२०७७  : नेपालमा शनिवार एकैदिन १ सय ८९ जना कोरोना संक्रमित फेला परेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १हजार ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२४ जना , प्रादेशिक प्रयोगशाला रुपन्देहीमा २९ जना , बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ९ जना ,राप्ती स्वास्थ्य बिज्ञानमा गरिएको परीक्षणमा ८ जना , नारायणी अस्पताल बिरगंजमा ३ जना, कर्णली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १४ जना र कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता बिकास देवकोटाले जानकारी दिए ।
संक्रमितहरुको स्वास्थ्य अबस्था सामान्य रहेको देवकोटाले जानकारी दिए ।

SHARE