जेठ १७,२०७७ दैलेख : दैलेखमा क्वारेन्टाइनमा बसेका एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा दश दिन अगाडि भारत बाट आएर क्वारेन्टाइनमा बस्दै आएका दुल्लु नगरपालिका ११ का ४० का पुरुष रहेको स्रोतले जनाएको छ ।
दश दिन अगाडि मात्र भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनि नगरपालिका ११ मा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
क्वारेन्टाइनमा वेहोस भए पछि उपचारका लागि दुल्लु अस्पतालमा ल्याइएको र उपचारको क्रममा शनिवार बिहान १० बजे ज्यान गएको दुल्लु अस्पतालका प्रमुख डा पुजा बिसिले बताइन ।
मुत्यू भएका उनको कोरोना परीक्षणका लागि तीन दिन अगाडि स्वाब कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको र रिर्पोट आउँन बाँकी रहेको डा बिसिले जानकारी दिइन् ।