क्वारेन्टाइनमै जन्मियो छोरा

0
404

१६ जेठ २०७७ अछाम  : अछाममा क्वारेन्टाईनमा बसेकी एक महिलाले छोरा जन्माएकी छन ।
जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीको नवदुर्गा मावि क्वारेन्टाइनमा रहेकी सुना नेपालीले शुक्रबार छोरा जन्माएकी हुन ।
ठाँटी स्थित बगुडा स्वास्थ्य चौकिका इन्चार्ज नरेन्द्र शाहले सुनालाई सुत्केरी व्यथा लागेपछि क्वारेन्टाइनमै अनमि सम्झना सिंहलाई पठाएर सुरक्षित सुत्केरी गराइएको जानकारी दिए ।
भारतको दिल्लीबाट जेठ १३ गते श्रीमान दक्षबहादुर नेपाली संगै अछाम आइपुगेकी २६ वर्षीया नेपालीलाई होम क्वारेन्टाइनमा बस्नेगरी घर पठाइएको जिल्ला स्वास्थ कार्यलय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए ।

शुक्रबार बिहान नौ बजेर आठ मिनेट जाँदा जन्मिएको बच्चाको तौल तीन किलो पाँचसय ग्राम छ भने आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

SHARE