जेठ १२,२०७७ कपिलवस्तु :भारतको गुजरातबाट नेपाल आउदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिक मृत्यु भएका लाई कोरोना भएको पुष्टी भएको छ ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वंडा न ९ का ३५ वर्षीय पुरुषकोबाटोमा ज्यान गएको थियो । अर्घाखाचीं जिल्ला अस्पतालका प्रमुख डा कपिल गौतमले मृतकलाई कोरोना भएको पुष्टि गरे । बसमा सवार गैरेले अत्याधिक बन्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए ।
भारतवाट दुई वटा बस रिर्जभ गरेर आइतवार मृतक सहित ९१ जना नेपाल प्रवेश गरेका थिए । मृतक सहित उनी सँग सम्पर्कमा रहेका २ जना स्वाब परीक्षणको लागि भैरहवा पठाइएको थियो । दुई जनाको रिपोर्ट अहिले सम्म नआएको वताईएको छ ।