तिलाचन पाण्डे
जेठ १५,२०७७ गुल्मी : गुल्मीमा लकडाउनको समयमा मेला महोत्सब जस्तै भीडभाड देखिएको छ ।
बुधबार सदरमुकाम तम्घासका बैंक र बजारमा कुनै जात्रानै लागेजस्तो गरी भीडभाड देखिएको छ ।
देश लकडाउनमा रहेका बेला र कोरोनाको सन्त्रास छाइरहेका बेलामा उच्च सर्तकता अपनाउने र भीडभाड नगर्ने निर्णयलाई लत्याएर सदरमुकाम तम्घासमै यस्तो जात्रा देखिएको छ ।
जिल्ला प्रशासन कार्यलय गुल्मीले हप्ताको २ दिन आइतबार र बुधबार बैंकहरु संचालन गर्ने निर्णय गरेसंगै आज बुधबार तम्घासमा रहेको बंैकहरुमा भिडभाड देखिएको हो । जहाँ सामाजिक दुरी पनि कायम गरिएको छैन भने बैकमा सेवाग्राहीहरुको कोचाकोच हुने गरि लाइन देखिएको छ ।
बैंक संचालकहरुसंंग बैठक बस्ने
यता जिल्ला प्रशासन कार्यलय गुल्मीले भने हप्ताको २ दिन बैंक खोल्दा पनि बढी भिडभाड देखिएकाले बैंक संचालकहरुसंग बैठक बस्ने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सेवाग्राहीहरुमा चेतनाको कमीले पनि यस्तो भिडभाड भएको भन्दै हप्ताको तीन दिन खोल्ने वा एक दिन बिराएर बंैक खोल्ने भन्ने बारेमा बैक संचालकहरु संग बैठक बसी निर्णय लिइने जानकारी दिए ।
सेवाग्राहीहरुले पनि फेरी बैंक खुल्दैनन की भनेर भिडभाड गर्ने गरेको र यो समय पेन्सनको पनि भएकाले बढी भिडभाड देखिएको शर्माले दाबी गरे ।
बैंक संचालकहरुले हप्ताको एक दिन खोल्न आग्रह गरेका थिए
यस अघि प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बैंक संचालकहरुसंग गरेको अन्र्तक्रियामा बैक संचालकहरुले हप्ताको एक दिन मात्रै बैक संचालन गर्न आग्रह गरेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
लकडाउनको समयमा आफूहरुलाई पैसाको म्यानेज गर्न पनि समस्या हुने भन्दै बैंक संचालकहरुले हप्ताको एक दिन संचालन गर्न आग्रह गरेकोमा २ दिन संचालन गरेको प्रशासनले जनाएको छ
२ दिन संचालन गर्दा पनि यति भिडभाड देखिएकाले निर्णयमा पुर्न बिचार गर्ने प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।