गुल्मीका खाद्यन्न पसलहरु २० गते सम्मका लागि पुर्णरुपमा बन्द गरिने

0
474

जेठ १४,२०७७ गुल्मी  : गुल्मीमा प्रत्येक दिन ११ बजेदेखि १ बजेसम्म खुल्दै आएका खाद्यन्न पसलहरु २० गतेसम्मका लागि पुर्ण रुपमा बन्द हुने भएका छन् ।
सोमबार गाउँपालिकाका अध्यक्षलाई नै कोरोना संक्रमण भएपछि गुल्मी उधोग बाणिज्य संघले एक बिज्ञप्ती जारी गर्दै १४ गते राती १२ बजेदेखि २० गते सम्मका लागि सबै ब्यबसायहरु बन्द गर्नका लागि आग्रह गरिएको गुल्मी उधोग बाणिज्य संघका माहासचिब ताराप्रसाद भुसालले जानकारी दिए ।
जिल्लामा भारतबाट भित्रिनेको संख्या बढ्दै गएको र उच्च सर्तकता अपनाउनु आवश्यक भएकाले १४ गते रातिदेखी २० गतेसम्मका लागि जिल्ला भित्रका सम्पुर्ण ब्यापार ब्यबसायहरु बन्द गर्ने निर्णय गरिएको उधोग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए ।
साथै जिल्लामा एम्बुलेन्स बाहेक खाद्यन्न बोक्ने अन्य सवारी साधनहरु संचालनमा बन्द गर्नका लागि सबै ब्यबसायीहरुलाई आग्रह गरिएको भलामीले बताए ।
साथै कोरोना संक्रमणबाट उपचारको क्रममा मृत्यू भएका मदाने गाउँपालिकाका ४१ बर्षिय पूरुषमा हार्दिक श्रदाञ्जली ब्याक्त गर्दै सक्रमण देखिएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

SHARE