कोरोना संक्रमित गाउँपालिकाका अध्यक्ष भन्छन , कोरोना जितेरै नियमित काममा फर्कन्छु .

0
420

जेठ १३,२०७७ गुल्मी  : कोरोना सक्रंमण भएपछि धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरल आफै मिडियामा आएका छन् ।
उनले केही समय अगाडी मदाने गाउँपालिकामा जिल्लामै पहिलो पटक कोरोना सक्रंमित भेटिसकेपछि आफ्नो गाउँपालिका भित्रका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मीहरुको गत जेष्ठ १० गते आरडिटी टेष्ट गराएका थिए ।
उक्त आरडिटी टेष्टमा एकजना प्रतिनिधिको पोजेटिभ रिपोर्ट आएपछि आफु पनि उहाँसगं दैनिक काम कामकाजमा सगैं रहेको र त्यसपश्चात स्वाव सकंलन गरि पिसीआर परीक्षणका लागि भैरहवा पठाएको सोमबार आएको रिपोर्ट अनुसार आफ्नो पिसीआर रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।
साथै उनले आरडिटी टेष्टको क्रममा पोजेटिभ देखिएका अर्का जनप्रतिनिधिको भने अझै रिपोर्ट नआएको बताए । लकडाउनको अवधिमा आफु गाउँपालिकाका विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टाईनको अनुगमन र अन्य व्यवस्थापनको काममा सक्रिय भएर लागेको पनि बताएका छन् ।
उनले आफु जिल्लाको विपद व्यवस्थापन समितिको बैठकहरुमा पनि सहभागी भएको बताएका छन् । आफु बाहिर कतै नगएको र कहाँबाट सक्रंमण भयो भन्ने बारेमा भने आफै अचम्मित भएको उनको भनाई छ ।
त्यस्तै उनले भारतबाट आएका एकजनाको स्वाव सकंलन गरेर पठाईएकोमा उनको रिपोर्ट पनि पोजेटिभ देखिएपनि आफु उनको सम्पर्कमा नआएको बताएका छन् ।
केही समय अगाडी गाउँपालिकामा भारतबाट आएका ३० ४० जनाको स्वाव सकंलन गरेर पठाएको र त्यसक्रममा आफु त्यहाँ गएको र अर्को कुरा जिल्लाका कार्यक्रमहरुमा जाँदा पनि आफुले अन्य कुनै सवारी साधन प्रयोग नगरेको र आफ्नै गाडिमा आउने जाने गरेको बताएका छन् । र आफु प्राय मोटरसाईकलमा यात्रा गर्ने गरेको बताएका छन् ।
उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत रहन आग्रह गरिसकेको पनि बताएका छन् । साथै उनले परीक्षणको दायरा भने बढाउनुपर्ने बताए ।
प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजिटिभ देखिएको हो । उनको अहिले स्वास्थ्यमा कुनै समस्या नआएकाले घरमै क्वारेन्टाईनमा रहेको र स्वास्थ्यमा समस्या आएमा सदरमुकाममा रहेको आईसोलेसनमा जाने तयारी गरेको बताए । साथै उनले एकान्तबासमै बसेर गाउँपालिकाको योजना निर्माण गर्ने समेत बताएका छन् ।

अबसरको रुपमा लिएको छु
साथै उनले आफु उच्च मनोबल बनाएर बसेको र कोरोनालाई जित्छु भन्ने आँट भएको बताए । साथै उनले आफ्नो एकान्तबासले आफुलाई अध्ययन गर्न पाउने,आगामी वर्षका योजना बनाउन पाउने, गाउँपालिकालाई समृद्ध बनाउनका लागि थप सोच्न पाउने अवसरको रुपमा लिएको बताए ।
साथै उनले कोरोनाका कारण दीर्घ रोगी र प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई केही जोखिम हुने भएपनि दिनानुदिन निको हुनेको संख्या बढ्दै गएकाले नडराउन र आफुलाई कोरोना सक्रंमण भयो भनेर नआत्तिन पनि आग्रह गरेका छन् । साथै उनले एकान्तबासमा बसेर जनताको सुरक्षा र गाउँको विकासका लागि पर्ने बताएका छन् ।
उनले सम्पुर्ण धुर्कोटबासीहरुलाई धैर्य र संयमित बन्न आग्रह गर्दै गाउँपालिकाको बिकासमा पुन सक्रियताका साथ अगाडी बडने अठोट समेत ब्याक्त गरेका छन् ।

SHARE