
जेठ १३,२०७७ कपिलबस्तु : कपिलबस्तुको क्वारेन्टाइनमा बसेका ३० जना ब्याक्तिहरु भागेका छन् ।
कपिलबस्तु नगरपालिका ४ स्थित सुन्दर प्राथमिक बिधालयमा बसेका ३० जना कोरोना परीक्षण नगरी भागेको स्थानीयहरुले जनाएका छन् ।
उनीहरुले २ हप्तासम्म पनि आफूहरुको कोरोना परीक्षण नगरेको भन्दै सोमबार राती भागेको स्रोतले जनाएको छ । उनीहरु भारतबाट आएको बताइएको छ ।
यता जिल्ला प्रहरी कार्यलय कपिलबस्तुले भने क्वारेन्टाइनमा बसेका भागेको भन्ने खबर आएको र यसको सत्य तथ्य बारे जानकारी लिने कार्य भइरहेको दाबी गरे ।
कपिलबस्तुमा यस अगाडी पनि क्वारेन्टाइनमा बसेका ब्याक्तिहरु भागेका थिए ।








