थप ३२ जनामा कोरोना संक्रमण

0
587

जेठ १०,२०७७ काठमाण्डौ  :  नेपालमा ३२ जना कोरोना संक्रमित फेला परेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार कपिलबस्तुमा ८ जना , सर्लाहीमा १३ जना , बारामा १ जना ,काठमाण्डौमा १ जना , रुपन्देहीमा ८ जना र चितवनमा एक जना गरि कुल ३२ जनामा कोरोना संक्रमण भएको हो ।
उनीहरु सबै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

SHARE