जेठ ९,२०७७ काठमाण्डौ : लिपुलेक , लिम्पियाधुरा र कालापानी सहितको नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशन गरिएको छ ।
जारी नक्सालाई भूमि ब्यबस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ नक्सा प्रकाशन गर्न लगाए संगै मुद्धण बिभागले नक्सा प्रकाशन गरेको स्रोतले जनाएको छ ।
राजपत्रमा प्रकाशित भएको नक्सामा मन्त्रालयका सचिब केदार न्यौपानेले हस्ताक्षर गरेका छन् ।
यो संगै राजपत्रमा प्रकाशन भएको नक्सा नेपालका सबै सरकारी कामकाग किताबहमा पनि सोही नक्सा लागू हुने मन्त्रालयले जनाएको छ ।
नापी बिभागले पहिलो चरणमा तीन हजार नयाँ जारी नक्सा छाप्ने भएको छ ।