नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुग्यो

0
312

जेठ ८,२०७७ काठमाण्डौ  :  नेपालमा कोरोना सक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।
पछिल्लो समय बिहीबार १७ जना कोरोना संक्रमितका बिरामीहरु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।
बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वस्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापा जिल्ला कचनकवल गाउँपालिका वडा नं३,६, ८ का १५ जना पुरुषहरु , धनकुटाका एक जना पुरुष र सुनसरीकी एक जना महिला गरी कुल १७ जना संक्रमितहरु पुष्टि भएको अधिकारीले जनाए ।
उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

SHARE