जेठ ६,२०७७ : सरकारले प्रदेश ५ मा कोरोना परीक्षणका लागि थप टोली खटाउने भएको छ ।
कोरोना संक्रमितको संख्या धेरै भएपछि इलाका , जिल्ला र पद्रेशमा थप १० ,१० जनाको टोली खटाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर बिकास देबकोटाले जानकारी दिए ।
उनका अनुसार बढी प्रभाबित जिल्लाहरुमा थप टोली खटाउने जानकारी दिए । प्रदेश ५ संगै प्रदेश २ मा पनि थप टोली खटाउने तयारी भैरहेको देबकोटाले बताए ।