निर्माण ब्यबसायीद्धारा एकलाख पाँच हजार बिपद ब्यबस्थापन कोषमा जम्मा

0
732

जेठ ६,२०७७ गुल्मी  : गुल्मीका एक निर्माण ब्यबसायीले रेसुंगा नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा एक लाख पाँचहजार जम्मा गरेका छन् ।
रेसुंगा नगरपालिका वडा नं नौ का अर्जुन विल्र्डस एण्ड कन्ट्रक्सन प्रालिका प्रोपाइटर बिजय खनालले नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा एकलाख पाँच हजार जम्मा गरेको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।
बिश्वभर फैलिएको कोरोना रोकथामका लागि नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा एक लाख पाँच हजार रुपैयाँ जम्मा गरेको निर्माण ब्यबसायी खनालले जानकारी दिए । उनले बिपदको समयमा आफूले सक्दो रकम नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा जम्मा गरेको र केही मात्रामा भएपनि कोरोना रोकथाममा सहयोग पुग्ने बिश्वास ब्याक्त गरे ।

निर्माण ब्यबसायी खनाललाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले धन्यबाद दिदैँ नगरपालिकाको तर्फबाट प्रशंसा पत्र समेत प्रदान गरेका हुन् ।

SHARE