जेठ ५,२०७७ काठमाण्डौ : नेपालमा फेरी १८ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै कोरोना संक्रमितको संख्या ३ सय ७५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धनुषाका २ जना पुरुष , खोटाडका १ जना , बाँकेका १२ जना पुरुष , दैलेख आठबिसेका १ जना पुरुष , सुनसरीका १ जना , झापाका १ जना रहेको स्वास्थय तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।
उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।