एम्बुलेन्स भेटियो, चालक अझै बेपत्ता

0
401
म्याग्दी ५ बैशाख :आइतबार (हिजो) दिउँसो उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका–२, रिठाबोटबाट कालीगण्डकी नदीमा खसेको एम्बुलेन्स सोमबार (आज) भेटिएको छ ।
मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा एम्बुलेन्स सहित चालक बेपत्ता भएका थिए ।
सडकबाट करिब १ सय मिटर तल खसेको एम्बुलेन्सको सिसा फेला परेपछि खोजीकार्यको क्रममा दुर्घटनास्थलबाट करिब १ सय मिटर तल कालीगण्डकी नदीमा एम्बुलेन्स भेटिएको नेपाल रेडक्रस सोसाईटी म्याग्दीका उपमन्त्री सुरत केसीले बताए ।
दुर्घटनामा बेपत्ता चालक मुस्ताङको थासाङ गाउपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्माको खोजीकार्य भइरहेको छ ।
कालिगण्डकीको बाहबका कारण बेपत्ता चालकलाई बगाएको वा खोचमा परेको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटना हुदाँ चालक एम्बुलेन्स बाहिर गएको हुनसक्ने अनुमान सहित प्रहरीले खोजीकार्यमा तिब्रता दिएको छ ।
करिब ४ महिना अगाडी स्वास्थ्य चौकीमा चालकको रुपमा कार्यरत विक अविवाहित हुनुहुन्छ । बेपत्ता विकको खोजीमा आफन्त समेत सक्रिय छन् ।
SHARE