कोरोनाबाट मृत्यु भएकी महिलाको परिवारमा संक्रमण देखिएन , नबजात शिशुमा सामान्य जन्डिस

0
657

जेठ ५,२०७७ काठमाण्डौ :   कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ बर्षिया महिलाको शिशु र परिवारमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनका शिशु ,श्रीमान , सासु र बहिनीमा कोरोना परीक्षण नेगेटिभ आएको अस्पतालका प्रबक्ता डाक्टर सुमन ताम्राकारले जानकारी दिए ।

उनका अनुसार परिवारका सबैको रिर्पोट नेगेटिभ आएको र शिशुमा हल्का जन्डिसको समस्या देखा परेको र अन्य सबको स्वास्थ्य अबस्था सामान्य रहेको बताए ।

SHARE