थपिए नौ जना कोरोना संक्रमित , संख्या ३०४ पुग्यो

0
376

जेठ ५,२०७७ काठमाण्डौ  : सोमबार नेपालमा थप नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितका बिरामीहरु ३०४ जना पुगेको स्वास्थ्य तथा जनसंख्याा मन्त्रालयका सह प्रबक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
पछिल्लो समयमा देखिएका संक्रमितहरु रौतहटका ८ जना र बाराका १ जना रहेको स्वास्थ्य तथा जनसंख्याा मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यस अघि नेपालमा २ जनाको कोरोना संक्रमितबाट मृत्यु भइसकेको छ ।

SHARE