नेकपा रेसुंगा नगरकमिटीद्धारा बिपद ब्यबस्थापन कोषमा एक लाख सहयोग

0
804

जेठ ४,२०७७ गुल्मी  : नेपाल कम्युनिष्ट पार्टी नेकपा रेसुंगा नगरकमिटीले नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा नगद एक लाख सहयोग गरेको छ ।
आइतबार नगरकमिटीले नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई उक्त नगद रकम हस्तान्तरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।
बिश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोकथामका लागि नगरकमिटीले संकलन गरेको नगद एक लाख रुपैयाँ नगरकमिटीका अध्यक्ष हरि पोखरेल र सचिब धर्म बिश्वकर्माले नगर प्रमुखलाई हस्तान्तरण गरेको सचिब धर्म बिश्वकर्माले जानकारी दिए ।
यसरी नगर कमिटीले बिपद ब्यबस्थापन कोषमा नगद एक लाख हस्तान्तरण गरेकोमा रेसुंगा नगरपालिकाले प्रशंसा पत्र समेत प्रदान गरेको छ ।

SHARE