रेसुङ्गा नगरपालिकाभित्र आठ हजार ८०० कागती रोप्ने तयारी

0
612

रमेश भण्डारी ,

जेठ ३,२०७७ गुल्मी  :गुल्मी जिल्लाको पहिलो नगरपालिका रेसुङ्गा नगरपालिका भित्र चार सय ४० रोपनी अर्थात २२ हेक्टर बाजो जमिनमा कागती खेती गर्ने तयारी गरिएको छ।
रेसुङ्गा नगरपालिकाले प्रति २० रोपनी जग्गामा चार सय बोट कागती लगाउने किसानलाइ पहिलो बर्ष रु ९६ हजार जति खर्च हुनेमा ७२ हजार किसानले नगद पाउनेछन भने चार सय बिरुवा कागती र ढुवानी खर्चको समेत नगरपालिकाले उपलब्ध गराउनेछ।
त्यसैगरी दोस्रो र तेस्रो बर्षमा उक्त कागतीलाई मल राख्न चालिस हजारका दरले उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका प्रमुख श्री डिल्लीराज भुसालले जानकारी दिए। पहिलो, दोस्रो र तेस्रो बर्षको खर्च नगरपालिकाले दिने र चौथो बर्षबाट बिरुवाले उत्पादन दिनथाल्ने र बजारमा कागतिको माग धेरै भएकोले कृषक हरुका लागि यो अवसर भएको भुसालले बताए। साथै कृषकलाई जुनसुकै समयमा सहयोग गर्न आफू तयार रहेको उनलेले बताए ।
त्यस्तै रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कागती खेतिको लागि आवश्यक जग्गा,खाडल र मलको नगरपालिकाले मापदण्ड बनाएको बताए । मापदण्ड अनुसार काम भए नभएको अनुगमन गर्न कृषि शाखा प्रमुख हरिशरण पन्थी र कर्मचारी सेखर घिमिरेलाई फिल्डमा खटाएको मरासिनीले बताए ।

कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार चार सय ४० रोपनि जग्गामा प्रती रोपनी २० बिरुवाको दरले आठ हजार आठ सय कागती रोप्ने तयारी भएको, कागतिको लागि खाडल एक मिटर गहिराई र एक मिटर को बर्गाकार खाडल खनिने र त्यसमा २५ के जि गाई भैसिको मल राख्ने गरि काम भएको उनले बताए ।

SHARE