स्वास्थ्य मन्त्रालयको गम्भीर त्रुटी : पुरानै संक्रमितको संख्या दोहोर्‍याइयो ,संख्या २४५ नै

0
429

जेठ १, २०७७ काठमाडौं : कोरोना भाइरसका संक्रमित बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले गम्भीर त्रुटी गरेको छ। बिहीबार बिहान ७ : ४५ बजे सार्वजनिक ५ जना संक्रमितको विवरण पुरानै संख्यालाई दोहोर्‍याएको पाइएको हो।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५० पुगेको जनाइएको थियो।

तर बिहान १० बजेर ४५ मिनेटमा अर्को विज्ञप्ति निकाल्दै मन्त्रालयले संक्रमितको संख्या २४५ नै रहेको उल्लेख गरेको छ। बिहान ७ बजेर ४५ मिनेटमा थपिएका भनिएका पाँचजना संक्रमित पुरानै संख्या दोहोरिएको अधिकारीले जनाएका छन्।

अधिकारीले बिहान दोस्रो पटक निकालेको विज्ञप्तिमा धनुषा र महोत्तरीमा नयाँ संक्रमित भेटिएका उल्लेख थियो। उनले सर्लाहीको धनकौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषाको जनकपु र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना देखिएको जनाएका थिए।

त्यसैगरि महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको उल्लेख थियो।  त्यसअघि बिहीबारै बिहान ६ बजेर १५ मिनेटमा काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएको थियो।

हालसम्म ३५ जना उपचारपछि निको भएका छन्।  अधिकारीका अनुसार बिहीबार बिहानसम्म जम्मा संक्रमितको संख्या २४५ नै रहेको जनाएका छन्। ‘अद्यावधिक विवरण अनुसार कोभिड–१९ संक्रमितको संख्या २४५ नै रहेको छ।

पछिल्लो अद्यावधिक विवरणमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिर्पोटिङ हुन गएको जानकारी गराउन चहान्छु’, अधिकारीले भनेका छन्।
थाहाबाट

SHARE