नेकपा स्थायी कमिटी बैठक स्थगित

0
501

बैशाख ३१, २०७७ काठमाडौं  :नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ। आज बिहान ११ बजे नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए।

उपत्यकालगायत विभिन्न स्थानमा कोरोनाको संक्रमित धमाधम बढ्न थालेपछि हाललाई बैठक स्थगित गरिएको पौडेलले बताए। नेकपाको अर्को बैठकको मिति निश्चित छैन।

SHARE