बाँदर नियन्त्रण गरिदिन गाउँपालिकालाई आग्रह

0
580
कालीगण्डकी गाउँपालिकाको तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
बैशाख ३१,२०७७ गुल्मी  : गाउँमा लगाइएको खेतीबालीलाई बाँदरले नष्ट गरिदिएपछि बाँदर नियन्त्रणका लागि सहयोग गरिदिन भन्दै स्थानीयहरुले गाउँपालिकालाई आग्रह गरेका छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनीका किसानहरुले लगाएको खेतीपाती र घरमै राखेको अन्न अनाजहरु बाँदरले नष्ट गरिदिएपछि बाध्य भएर गाउँपालिका समक्ष बाँदर नियन्त्रण गर्नका लागि माग गरिएको बाँदर नियन्त्रण समितिका अध्यक्ष रेशमराज न्यौपानेले जानकारी दिए ।


किसानहरुले लगाएको अन्नबाली नष्ट गर्ने र घरमै राखिएको अन्न अनाजलाई पनि घरमै प्रबेश गरी नष्ट गर्दिएकाले गाउँपालिकामा बाँदर नियन्त्रण गर्नका लागि आर्थिक तथा भौतिक सहयोगका लागि सिफारिस गरिएको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनीका वडा अध्यक्ष देबिप्रसाद न्यौपानेले जानकारी दिए ।
पछिल्लो समयमा गाउँमा बाँदरको आंतक बड्दै गएको र खेतबारीमा लगाइएको अन्नवाली घरमा ल्याउन नपाइने र घरमा ल्याएर राखेको अन्नवाली समेत घरमै प्रबेश गरी नष्ट गर्दिन थालेकाले समस्या उत्पन्न भएको स्थानीयहरुले बताएका छन् ।
यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले अर्बेनीमा बाँदरको आंतक रहेको सम्बन्धी आफूलाई अबगत भएको भन्दै बाँदर आंतकको समस्यालाई समाधान गर्ने दाबी गरे । उनले बाँदरलाई मार्न नपाइने भएकाले बाँदरलाई थपाउनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत युवाहरु परिचालन गर्ने गरी आजै बस्ने कार्यपालिकाको बैठकबाट सम्बोधन गर्ने दाबी गरे ।

SHARE