बर्दियामा शनिबार बाहेक ६ दिन तीन घण्टा बजार खुल्ला रहने

0
576

विमला ढकाल, बर्दिया, बैशाख २९ ।
बर्दियामा हप्तामा ६ दिन उपभोग्य सामाग्री खरिदका लागी बजार खुल्ला रहने भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियामा आइतबार बसेको जिल्ला संकट व्यबस्थापन केन्द्रको बैठकले हप्तामा ६ दिन आइतबार देखि शुक्रबार सम्म बजार खुल्ला राख्ने निर्णय गरेको हो ।
दैनिक उपभोग्य बस्तु खरिदका लागी आइतबारदेखि शुक्रबार सम्म बजार खुल्ला रहने र्बियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले बताए । बर्दियामा मुख्य बजार भुरिगाउँ, गुलरिया, राजापुर, बाँसगढी लगाएतका अन्य बजारका खाद्य पसलहरु खुल्ला रहने भएका हुन् ।
यसअघि गएको २१ गते जिल्ला विपद व्यबस्थापन समितिले हप्तामा ३ दिन बिहान ७ बजेदेखि १० बजेसम्म बजार खाद्य तथा किराना पसलहरु खुल्ला रहने निर्णय गरेको थियो । सोमबारबाट भने हप्तामा ६ दिन दैनिक ३ घण्टा खाद्य तथा किराना पसलहरु खुल्ला रहने भएका छन् ।
प्रमुख जिल्ला अधिकारी लामीछानेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । स्थानीयले आफुलाई पाएक पर्ने बजारबाट उक्त समयमा आबश्यक परेका खाद्यबस्तु खरिद गर्न सक्नेछन् । सामाग्री खरिद गर्न जादा भने सामाजीक दुरी कायम राख्नुका साथै मास्क अनिवार्य लगाउनुपर्ने छ ।
गएको चैत्र ११ गतेदेखि विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै लकडाउन गरिएको छ । अहिले सरकारले अत्याबश्यक सेवा सुचारुका लागी बैंक तथा वित्तिय संस्था साथै अन्य सरकारी कार्यालयहरु संचालनमा ल्याएसंगै स्थानियको दैनिकी केहि सहज भएको छ ।

SHARE