सुशीला रेग्मी
रामपुर (पाल्पा), २९ वैशाख : बन्दाबन्दीको समय लम्बिदै जादा पाल्पामा कुरिलोको माग बढ्दै गएको छ । व्यवसायिक रुपमा जिल्लामै बगनासकाली गाउँपालिकाको वडा नं ८ बराङ्गी क्षेत्रमा कुरिलोको व्यवसायिक खेती गरिदै आइएको छ ।
यहाँका कृषकलाई बन्दाबन्दीको समयमा कुरिलोको माग बढेपछि व्यवसायमा थप हौसला मिलेको छ । व्यवसायिक रुपमा कुरिलो खेती गर्नुभएका जीवलाल घिमिरेलाई लकडाउनको समय कुरिलो टिप्दै बेच्ने गर्दैमा ठिक्क छ । उनले एक दिन बिराएर १५ किलो सम्म कुरिलो टिपेर बेच्ने गर्छन ।
“लकडाउन भएपछि घरमै कुरिलो खरिद गर्न धेरै आउँछन्, लकडाउनले कुरिलोको माग बढ्यो, पु¥याउनै समस्या भइरहेको छ” उनँले भने । उनले गत फागुन २८ गतेदेखि हालसम्म रु एक लाख एक हजारको कुरिलो बिक्रि गरिसकेका छन् ।
पाल्पा मिशन अस्पतालका १५ जना स्वास्थ्यकर्मीलाई आफुले उत्पादन गरेको कुरिलो बिगतका वर्षमा नियमित पु¥याउने गरेपनि अहिले भने अघिल्ला वर्षको तुलनामा गाउँमै खरिद गर्ने बढेपछि पु¥याउनै नसकिएको घिमिरेले बताए ।
बन्दबन्दीको समय भएकाले पनि बगनासकाली आसपासका क्षेत्रबाट नागरिकहरु घरमै आएर कुरिलो लैजाने गरेपछि नियमित ग्राहक समक्ष पु¥याउन नसकिएको उनको भनाई छ ।
घिमिरेले कुरिलोको माग अहिले ह्वात्तै बढेपछि बेमौसमीयाम (मङ्सीर, पुष र माघ) मा उत्पादन लिनका लागि दुई सय विरुवा टनेलमा लगाउनुभएको छ । साढे तीन रोपनी क्षेत्रफलमा कुरिलो लगाउनुभएका घिमिरेले बजारमा हाल प्रतिकिलो रु चार सयमा बिक्रि गर्छन ।
सोही ठाउँकै केशवमणी बस्यालले कुरिलोको माग अहिले बढेपछि एक सय विरुवा थप गरेका छन् । परीक्षणका रुपमा लगाइएको ९० बोटबाट उत्पादन राम्रो र माग धेरै भएपछि विरुवा बढाएका हुन ।
यहाँ उत्पादन भएको कुरिलो बुटवल बजार, बुटवलको भाटभटेनी र तानसेन बजारबाट माग आउने गरेको कृषक लुमकला घिमिरेको भनाई छ । उनले कुरिलोबाट फाइदा हुने भएपछि जेटिएको जागिर छाडेर यसको व्यवसायिक खेतीमा लागेका छन् ।
गाउँपालिकाले यस आर्थिक वर्षमा मागमा आधारित व्यवसायिक कुरिलो बिस्तार कार्यक्रमका लागि तालिम, वीउ वितरण जस्ता कार्यक्रम गरेको कृषि शाखा प्रमुख राजेश बोहरा बताएले ।
उनका अनुसार गाउँपालिकाका सबैजसो ठाउँमा कृषकले थोरै थोरै भएपनि कुरिलो लगाएका छन् । बिक्रिका लागि व्यवसायिक खेती गर्ने कृषक भने आधा दर्जन जति छन् ।
पाल्पा जिल्लामै कुरिलोको व्यवसायिक खेती बगनासकालीको बराङ्गी क्षेत्र मात्र हो । जिल्लाका अन्य स्थानमा पछिल्लो समय घरायसी प्रयोजन र शौखका लागि पनि कुरिलो लगाउने गरिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए ।
मागमा आधारित कार्यक्रम अन्र्तगत अनुदान दिनका लागि एक कृषकले कम्तिमा २० रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्ने उनको भनाई छ । कृषकले ज्ञानकेन्द्रले तोकेको प्रक्रिया अनुसार खेती नगरेको हुदा प्राबिधिक सहयोग बाहेक अन्यत्र सुबिधा भने प्राप्त गर्न सकेका छैनन् ।
स्वास्थ्यका लागि फाइदाजनक र आम्दानी राम्रो हुने भएपछि कृषकले व्यावसायिक कुरिलो खेती गर्न थालेका छन् । बजारमा कुरिलोको माग बढ्दो र बजार मूल्य राम्रो पाएपछि यहाँका कृषक यस खेतीप्रति आकर्षित भएका हुन् ।