‘लकडाउनले प्रमुख जिल्ला अधिकारीलाई टाकुरे राजा बनायो, मन्त्री , प्रधानमन्त्रीलाई महाराज बनायो

0
420

बैशाख २९, २०७७ काठमाडौं :  सांसद गजेन्द्रबहादुर महतले लकडाउनले प्रमुख जिल्ला अधिकारीहरुलाई टाकुरे राजा बनाएको आरोप लगाएका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद महतले लकडाउनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई टाकुरे राजा बनाएको आरोप लगाएका हुन्। ‘सभामुख महोदद लकडाउनको परिभाषा बुझिनँ।

लकडाउनले ७७ वटै जिल्लाका प्रजिअलाई टाकुरे राजा बनायो’, उनले भने, ‘सबै राजा भएर बसेका छन्। गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा भएर बसेका छन्। जनताको पिरमर्का सुनेका छैनन्।

SHARE