नेपालमा थप १० जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १२० पुग्यो

0
508

बैशाख २९,२०७७ काठमाण्डौ : नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितका बिरामी १२० पुगेका छन् ।

पछिल्लो समयमा देखिएका कोरोनाका बिरामी कपिलबस्तुका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार कपिलबस्तु यशोधरा गाउँपालिका र बुद्धभभूमि नगरपालिकाका रहेको जनाएको छ ।
उनीहरुको उमेर १८,१९,२०, २०, २४,३०, ३१,३४,३४ बर्षका पुरुषहरु रहेका छन् भने एक जनाको उमेर खुलेको छैन । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

SHARE