लिपुलेक अरु देशको भए भारतसँग युद्ध भइसक्थ्यो : भीम रावल

0
412

बैशाख २८, २०७७ काठमाडौं  : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य भीमबहादुर रावलले नेपालको ठाउँमा अरू देश भएको भए कालापानीको मुद्दामा भारतसँग युद्ध भइसक्ने बताएका छन्।

पूर्व गृहमन्त्रीसमेत रहेका रावलले नेपालको कमजोर अवस्थाकै कारण लिपुलेक(कालापानी फिर्ता लिन ढिलाइ भएको बताएका हुन्। भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक बनाएकोबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले यस्तो बताएका हुन्।

SHARE