तरुणदल गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0
624

रमेश विश्वकर्मा
गुल्मी, वैशाख २८ : नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आईतवार जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
लिपुलेकको पछिल्लो प्रकरण सार्वजनिक भए लगतै चिनको मानसरोबर जोड्न भारतले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचारबारे तत्काल नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरोस् भन्ने उदेश्यले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बझाईएको नेपाल तरुण दल गुल्मीका अध्यक्ष भरत भलामीले जानकारी दिए । उनले यो अवधिमा वर्तमान सरकारले उच्च स्तरिय कुटनैतिक पहल नगरेको भन्दै यो गम्भिर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको उल्लेख गरे ।
सिमाङ्कन जस्तो विषयमा सरकार केवल वक्तव्यमा मात्र सीमित रहँनु अत्यन्तै निन्दनीय कार्य रहेको नेपाली कांग्रेसका भातृसंगठनहरुले ठहर गरेको अध्यक्ष भलामीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सरकार केवल वक्तव्यमा मात्र सीमित भएको प्रति कांग्रेसका भातृसंगठनहरुले घोर भत्र्सना गरेको बताईएको छ । राष्ट्रियताको विषय केवल वक्तव्यको विषय होईन, यो परिणाममुखी हुनुपर्ने कुरामा अध्यक्ष भलामीले जोड दिए । नेपालको भु–भागमा नेपालको अधिकार स्वामित्व निर्विवाद ढङ्गले रहनुपर्ने विषयमा सरकाले तत्काल गम्भिर कुटनैतिक पहल कदमी मार्फत समाधान खोज्न प्रकृया थालनी गर्न आग्रह गरिएको छ ।
लिपुलेक लिम्पियाधुरा कालापानी लगायतका भुभाग नेपालका हुन् अध्यक्ष भलामीले भने ुहाम्रो पार्टी सरकारमा रहँदाहोस् वा प्रतिपक्षमा रहँदा होस् । प्रमुख भातृ संगठनको नाताले हामीले राष्ट्रियताको बिषयमा छलफल तथा आन्दोलनको नेतृत्व गर्दै आएका छौं ।ु
सन् २०१५ मे मा भारत तथा चिनका प्रधानमन्त्रीले लिपुलेक बारे बेइजिङमा सहमती गरे पछि पनि नेपाली कांग्रेस सरकारमा हुँदा पनि ज्ञापन पत्र बुझाएको थियौँ अध्यक्ष भलामीले भने,ुतत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले सो सहमतीप्रति आपत्ति जनाएका थिए ।

SHARE