बैशाख २८, २०७७ डडेल्धुरा : भारतले लिपुलेक क्षेत्रको नेपाली भूमि हुँदै चीन जोड्ने सडक निर्माण गरेपछि विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन्। लिपुलेकबारे निर्णायक पहल गर्न माग गर्दै डडेल्धुराका विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत अनेरास्ववियू, नेविसंघ र समाजवादी विद्यार्थी युनियनले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएका हुन्।
‘नेपाल आमाको छातीमा भारतीय विस्तारवादीहरूले बुट बाजार्दै गर्दा नेपालका सम्पूर्ण युवा विद्यार्थी साथीहरूले नेपालको रक्षा गर्नुपर्ने परम कर्तव्य दायित्व सम्झिँदै सम्पूर्ण विद्यार्थी संगठनमार्फत यो ज्ञापनपत्र पेस गर्दछौं,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ।