बाढीले बगायो निर्माणाधीन दुईवटा पुलको सामग्री

0
426

बैशाख २६, २०७७ धादिङ  : थाँक्रे गाउँपालिकास्थित महेशखोलामा निर्माणाधीन दुईवटा पक्की पुलको निर्माण सामग्री बाढीले बगाएको छ।

पृथ्वीराजमार्गबाट थांक्रे गाउँपालिकाको केवलपुरसँग जोड्न आठकिलो भन्ने स्थानमा निर्माण भइरहेको पुलको सामग्री बुधबार साँझ आएको बाढीले बगाएको हो। ढलानको तयारीमा रहेको पुलको सबै सामान बगाएको पुल निर्माण कम्पनीका प्रमुख केशव गजुरेलले बताए।

यस्तै, थाक्रे–२ को सिम्लेस्थित महेशखोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको संरचना भत्काउनुका साथै निर्माण सामग्री पनि बगाएको वडा नम्बर ११ का अध्यक्ष रविप्रकाश ओझाले बताए। दुवै पुलको निर्माण सामग्री बनाउँदा दुई करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको थाँक्रे गाउँपालिकाले बताएको छ।

SHARE