तिलाचन पाण्डे
बैशाख २४,२०७७ गुल्मी / लकडाउनको समय लम्बिदै जाने भएपछि जिल्लाको कालीगण्डकी गाउँपालिकाले खाद्य बैंक स्थापना गर्ने भएको छ ।
पालिका भित्र ठुला ब्यापारीहरु नभएको र खाद्यन्न भण्डारण गरेर राख्न सक्ने नभएपछि गाउँपालिकाले खाद्य बैंक स्थापना गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए । उनले गुल्मी उधोग बाणिज्य संघ र पालिका भित्रका ब्यापारीहरुसंगको सहकार्यमा खाद्यन्न बैंक स्थापना गर्न लागेको जानकारी दिए ।
दैनिक गाडीहरुलाई पास दिई स्याङजाको मिर्मीबाट एक जीप खाद्यन्न ल्याएर बितरण गर्दा धेरै झन्झटिलो हुने र टिकाउ पनि नहुने भएकाले खाद्य बैंक स्थापना गर्नु बाहेकको बिकल्प नभएकाले यस्तो निर्णय गरिएको थापाको दाबी छ ।