एउटै वडामा मलको फरक फरक मूल्य तिर्न बाध्य कृषकहरु

0
909

तिलाचन पाण्डे
बैशाख २१ ,२०७७ गुल्मी  : गुल्मीमा एउटै वडामा बिक्रीहुने मलहरुमा अधिक मुल्यको अन्तर पाएपछि कृषकहरुले गुनासो गर्दै आएका छन् ।
कृषहरुले शनिवार मल किन्न दुबै सहकारीमा जाँदा फरक मुल्य पाएको सोही ठाँउका कृषकहरुले नाम नबताउने शर्तमा जानकारी दिएका हुन् ।
एक किलो मलमै तीन देखि चार रुपैयाँ फरक भएपछि किसानहरुले दुखेसो पोख्दै आएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ५ को एउटै वडाका सहकारीहरुले बिक्री गर्ने युरिया मल र डिएपी मलको मूल्य फरक फरक पाइएको हो ।
धुर्कोट गाउँपालिकाको वडा नं ५ मा रहेको धुर्कोट बस्तु उपभोक्ता सहकारी संस्थाले युरिया प्रतिकिलो २५ रुपैयाँ र डिएपी प्रतिकिलो ५४ रुपैयाँमा बिक्री गर्दै आएको सो सहकारी संस्थाका संचालक माधबप्रसाद भण्डारीले स्विकार गरे ।
यस्तै सोही वडामा संचालित अर्को लोकतान्त्रिक बहुउधेश्यीय कृषक संस्थाले युरिया मलको प्रतिकिलो २२ रुपैयाँ र डिएपीलाई,प्रतिकिलो ५० रुपैयाँमा बिक्री गर्दै आएको सो सहकारी संस्थाका संचालक बैकुण्ठ पन्थीले जानकारी बताए ।
एउटै वडामा बिक्रीहुने मलहरुमा यसरी अधिक मुल्यको अन्तर पाएपछि कृषकहरुले गुनासो गर्दै आएका छन् । उनीहरुले शनिवार मल किन्न दुबै सहकारीमा जाँदा फरक मुल्य पाएको सोही ठाँउका कृषकहरुले नाम नबताउने शर्तमा जानकारी दिएका हुन् ।
एक किलो मलमै तीन देखि चार रुपैयाँ फरक भएपछि किसानहरुले दुखेसो पोख्दै आएका छन् । यता सदरमुकाम तम्घासका सहकारीहरुले भने युरियालाई २० रुपैयाँ किलो र डिएपीलाई ५० रुपैयाँ किलोमा बिक्री बितरण गर्दै आएका छन् ।
सहकारीको बोर्ड वीना नै मल बिक्री
यता मल सहि मुल्यमा र तोकिएकै मुल्यमा दिएको दाबी गर्ने लोकतान्त्रिक बहुउधेश्यीय कृषक संस्थाले सहकारीको बोर्ड नै नराखी बिक्रीबितरण गरिरहेको छ । सहकारीको बोर्ड बनाउन नभ्याएकाले बोर्ड नटागिएको र बनाउनका लागि पठाएको बैकुण्ठ पन्थीले दाबी गरे ।
गाउँपालिकाको चेतावनी
यता धुर्कोट गाउँपालिकाले भने धुर्कोट बस्तु कृषि सहकारी संस्थालाई बजार मुल्यभन्दा बढीमा नबेच्न चेतावनी दिइएकाले मूल्य घटाइसकेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले दाबी गरे । यदि बढी मूल्य लिएको पाइए अब कानुन अनुसारको कारवाही गरेरै छाडने उनले दाबी गरे ।
बढी मुल्य लिए कारवाही
यता कृषि ज्ञान केन्द्र गुल्मीले भने धुर्कोट बस्तु उपभोक्ता सहकारी संस्थाले बेचेको मलको मूल्य अधिक भएको जनाएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमूख बुद्धिराज घिमिरेले जिल्लामा मल बिक्री बितरण गर्ने सहकारी संस्थाहरुसंग बिक्री दर रेट मागिएकाले यदि कसैले बढी रकम असुल गरेको र कालोबजारी गरेको पाइएकामा कारवाही गरिने दाबी गरे ।

SHARE