बैशाख २१, २०७७ काठमाडौं :आज पनि देशभरको मौसम बदली भई अधिकांश स्थानमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
मध्य, पूर्व र पश्चिमका अधिकांस स्थानमा पानी पर्ने मौसमवीद् मीनकुमार अर्यालले जानकारी दिए। स्थानीय वायु, पश्चिमी वायु, बंगाल र अरब सागरबाट उत्पन्न जलबाष्पयुक्त वायु र प्रि–मनसुनका कारण मौसम बदली भई केही दिन यता निरन्तर पानी परिरहेको छ।
यो क्रम अझै केहि दिन कायमै रहने मौसमवीद् अर्यालले बताए। गएराति पनि देशका अधिकांश स्थानमा पानी परेको थियो।