नेपालका तीन सय १५ जना रेड जोनमा : स्वास्थ्य मन्त्रालय

0
480

बैशाख २०, २०७७ काठमाडौंः नेपालमा कोरोनाबाट संक्रमित आशंका गरिएका तीन सय १५ जना रेड जोनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता एवम्‌ स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा। विकास देवकोटाले हालसम्म सरकारले सुरू गरेका दुईवटा वेबपेज र मोबाइल एपमा कोरोना भाइरसबारे बुझ्न चाहनेहरुको संख्या करिब ३० हजार पुगेको र तीमध्ये तीन सय १५ जना ुरेड जोनुमा परेका जानकारी दिएका छन्।

रेड जोनमा राखिएकहरूको स्वास्थ्यअवस्थाबारे स्वास्थ्य महाशाखामार्फत ट्रेसिङको काम भइरहेको डा। देवकोटाले जानकारी दिए। मन्त्रालयले सुरू गरेको मोबाइल एप्लिकेशन हाम्रो स्वास्थ्य  स्वःमुल्याङ्कन फारम भरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनेको संख्या २९ हजार ३ सय ८४ पुगेको हो।

यी एप्पलिकेशनमा कोरोना सम्बन्धि जनचेतनामुलक सुचना हेर्न र आफ्नो नजिक रहेका कोरोना अस्पतालबारे जानकारी लिन सकिने प्रवक्ता देवकोटाले जनाए। साथै विदेशबाट फर्केका व्यक्तिहरूको विवरण पनि यी एप्लिकेशनमा राखिएको छ।

SHARE