कृषकको घरमै गएर योजनाहरको धमाधम सम्झौता गर्दै कृषि ज्ञान केन्द्र गुल्मी

0
1506

तिलाचन पाण्डे
बैशाख १९,२०७७ गुल्मी  : लकडाउनको समयमा मानिसहरु धेरै भिडभाड नगर्ने , जमघट नगर्ने र कोरोना भाइरसको सचेतना संगै कृषि ज्ञान केन्द्र गुल्मीले किसानको घरघरमै गएर योजनाहरुको सम्झौता गरेको छ ।
कृषि ज्ञानकेन्द्र गुल्मीद्धारा बिनियोजन भएका सुन्तला , कागती , फलफूल मिसन कार्यक्रम र साना सिंचाई कार्यक्रमहरुको किसानको घरमै गई किसानसंग योजनाहरुको सम्झौता गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।
कोरोना भाइरसका कारण कृषकहरु सदरमुकाम तम्घास आउन पनि नसक्ने र कृषकहरुले घरमै बसेर सामाजिक दुरी कायम गरी खेती किसानी गर्न सक्ने भएकाले कृषकहरुको बगैचा र घरमै गई उनीहरुसंग सम्झौता गरिएको घिमिरेले दाबी गरे ।


२० रोपनी जग्गामा सुन्तला , कागती लगाउने ९८ जना जिल्लाका कृषकहरुलाई रु एक लाखका दरले कार्यलयले अनुदान दिने र एक लाख किसानहरुले लगानी गर्ने गरी सम्झौता गरिएको घिमिरेले जानकारी दिए ।
यस्तै जिल्लामा पाँचवटा दूइसय रोपनी जग्गामा कागती, सुन्तला लगाउने कृषक समूह र सहकारीहरुसंग पनि सम्झौताको क्रम चलिरहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । दूइसय रोपनी जग्गामा कागती सुन्तला खेती गर्ने कृषकसमुह र सहकारीलाई रु १० लाखका दरले अनुदान दिने कार्यक्रम रहेको र उनीहरुसंग पनि सम्झौता गर्ने क्रममै रहेको कार्यलयले जनाएको छ ।
यो संगै साना सिंचाई कार्यक्रम अन्र्तगतका योजनाहरुको पनि कृषककै घरमै गएर सामाजिक दुरी कायम गरी सम्झौता गर्ने कार्यलयले जनाएको छ । जसका लागि कार्यलयका कर्मचारीहरु टोली बिभाजन गरि फिल्डमा रहेको र कृषकसंग सम्झौता गर्ने कार्यक्रम चलिरहेको कार्यलय प्रमुख घिमिरेले दाबी गर्नुभयो । यसरी कार्यलयका हाकिमहरुसंगै कर्मचारीहरु आएर घरमै योजनाको सम्झौता गर्न पाउँदा आफूहरुलाई बल्ल कृषृक जस्तो अनुभूति भएको धुर्कोट गाउँपालिका वडा नं २ का कृषक ज्ञानबहादुर कामीले बताएका छन् ।
तरकारी बिकेन भनेर चिन्ता नगर्नुस  : कृषि ज्ञानकेन्द्र
यता कृषि ज्ञान केन्द्र गुल्मीले किसानले उत्पादन गरेका तरकारी लगायत कृषि उपजहरु इातायात नचलेका कारण बिक्री भएनन् भनेर चिन्ता नगर्नका लागि आग्रह गरेको छ । कार्यलयले यदि जिल्लाका जुनसुकै सुगम , दुर्गमका किसानले आफूले उत्पादन गरेका कृषि उपजहरु बिक्री भएन र बजार पाएन भन्ने जानकारी पाए कार्यलयले निशुल्क रुपमा ढुवानी गरि बिक्री बितरणको ब्यबस्था मिलाएको कार्यलयले जनाएको छ ।


कार्यलयले कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई बिक्री बितरण गर्नका लगि कृषि एम्बुलेन्स संचालनमा ल्याएको जनाउँदै उत्पादित कृषि उपजलाई कार्यलयले ब्यबस्थापन गरिदिने कार्यलयका प्रमूख बुद्धिराज घिमिरेले दाबी गरे ।
यस्तै कृषकहरुलाई आबश्यक पर्ने रासायनिक मलको लागि पनि जिल्ला प्रशासन कार्यलय गुल्मीसंग समन्वय गरि धुवानीका लागि पनि ब्यबस्था मिलाइएको कार्यलयले जनाएको छ । जति सक्नुहुन्छ त्यती उत्पादन गर्न र बजारको चिन्ता नगर्न कार्यलयले कृषकहरुलाई अनुरोध समेत गरेको छ ।

SHARE