नेपालमा कोरोनाका बिरामीको संख्या ५९ पुग्यो

0
295

बैशाख १९, २०७७ काठमाडौं  :नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो।

उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। अर्काको नेपालगञ्‍जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो।

उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ। अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन्। तर उनलाई नेपालगञ्‍जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो। मन्त्रालयले यसबारेमा केही समयमा आधिकारिक जानकारी दिने भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।

SHARE